शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मछिन्द्रले भुटानको पारोसँग खेल्ने

एक्सप्रेस पाना
आषाढ ६, २०८० बुधबार
  • 334
    SHARES
  • मछिन्द्रले भुटानको पारोसँग खेल्ने

    काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग  खेल्ने भएको छ । एन्फाका अनुसार यो खेल अगस्ट ८ मा हुने छ भने खेलको स्थान अझै तय भएको छैन ।

    images

    यस खेलको विजेताले छनौट चरणको दोस्रो चरणमा अगस्त १५ मा भारतीय क्लब मोहन बगानसँग खेल्ने छ ।

    यस अघि दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम संस्करण पनि मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग २-० ले हारेको थियो ।

    images

    मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएपछि प्रतियोगितामा सहभागी हुन बाटो खुलेको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल