शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुवेतसँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

एक्सप्रेस पाना
आषाढ ६, २०८० बुधबार
  • 305
    SHARES
  • कुवेतसँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

    काठमाडौं । १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ ।

    images

    नेपाली राष्ट्रिय फुटब टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् ।

    कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् ।

    images

    प्रशिक्षक एनेसले गत जेठ ३२ मा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको टिमबाट एकजना परिवर्तन गरेका छन् ।

    आयुश घलानको स्थानमा मनिष डाँगीलाई पहिलो रोजाइमा ल्याएका छन् ।

    अन्तर्राष्ट्रिय फुटबलमा नेपालले कुवेतलाई अहिलेसम्म हराउन सकेको छैन । अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ ।

    यो खेल भारतको बैंगलुरु श्री कान्टेरावा रंगशालामा नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप