शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत पहिलो पटक वेस्टइण्डिजको सामना गर्दै नेपाल

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 288
    SHARES
  • आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत पहिलो पटक वेस्टइण्डिजको सामना गर्दै नेपाल

    आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत पहिलो पटक वेस्टइण्डिजको सामना गर्दै नेपाल

    images


    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज वेस्टइण्डिजको सामना गर्दै छ ।

    खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदै छ । कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग हुन लागेको यो पहिलो खेल हो । 

    images

    त्यस्तै आज समुह ए मा रहेका अमेरिका र नेदरल्याण्डसपनि सोहि समयमा खेल्दैछन् । 

    प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाबेसँग पराजित भएको थियो । जिम्बाबेले नेपाललाई ८ विकेटले पराजति गरेको थियो ।

    त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै वेस्टइन्डिजले पनि पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।

    समुह ए को शिर्ष तीन भित्र रहन नेपाल र वेस्टइन्डिज दुवैलाई खेल जित्नुपर्ने दबाब रहेको छ ।

    नेपालले यस खेलपछि समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।

    विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ ।

    जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । 

    दुवै समुहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् ।

    सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

    सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन ।

    अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

     प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

    नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट