शनिबार, श्रावण ३० गते २०८३
images
images

वेस्टइण्डिजविरुद्ध टस जितेर नेपाल बलिङमा

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 284
    SHARES
  • वेस्टइण्डिजविरुद्ध टस जितेर नेपाल बलिङमा

    काठमाडौँ । जिम्बावेमा जारी आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज नेपालले वेस्टइण्डिजविरुद्ध खेल्दै छ ।

    images

    वेस्टइण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।  

    नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग खेल्न लागेको यो पहिलो पटक हो ।  

    images

    जारी विश्वकप क्वालिफायर अन्तर्गत नेपालले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ भने वेस्टइण्डिजले खेलेको एक खेलमा जित हासिल गरेको छ । नेपाल जिम्बाबेसँग हार बेहोरेको थियो र अमेरिकालाई पराजित गरेको थियो । त्यस्तै वेस्टइण्डिजले अमेरिकालाई पराजित गरेको थियो । 

    आजको खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । आज यसअघि अमेरिकाविरुद्ध खेलेको टिमलाई नै आज खेलाईदैछ । 

    वेस्टइण्डिजविरुद्ध नेपालको प्लेइङ ११ :

    रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, ललित राजबंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट