वेस्टइन्डिजविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजले पहिलो विकेट गुमाएको हो ।
नेपाली बलर गुलशन झाले वेस्टइण्डिजका जोहन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज शुन्य रनमा आउट भएका हुन् ।
यो समाचार तयार गरुन्जेल वेस्टइन्डिजले ६ ओभरमा २ विकेट गुमाएर १३ रन बनाएको छ ।
यस अघि नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए ।
नेपाली बलर करण केसीले वेस्टइण्डिजका काइल मेयर्सलाई आउट गरेका हुन् । मेयर्स १ रन बनाएर आउट भएका हुन् ।



