शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालविरुद्ध वेस्टइण्डिजका साइ होप र निकोलस पुरनको शतक 

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 304
    SHARES
  • नेपालविरुद्ध वेस्टइण्डिजका साइ होप र निकोलस पुरनको शतक 

    काठमाडौँ । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइण्डिजका कप्तान शाइ होपले शतक प्रहार गरेका छन् ।

    images

    कुनै समय नेपालविरुद्ध खराब शुरुवात गरेको वेस्टइन्डिजलाई कप्तान साइ होप र निकोलस पुरनले सम्हालेका हुन् ।

    शाइ होप १०७ बलमा १०१ रन पूरा गरेका हुन् यो सँगै होपले एकदिवसीय इतिहासमा १५औं शतक प्रहार गरेका छन् । 

    images

    त्यस्तै अर्का ब्याट्सम्यान निकोलस पुरनले पनि ८१ बलमा  शतक पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो ।

    ५५ रनमा ३ विकेट गुमाएको वेस्टइण्डिजलाई कप्तान होप र निकोलस पुरनले सम्हालेका छन् । दुवैबीच चौथो विकेटका लागि अहिलेसम्म १८६ रनको साझेदारी गरेका छन् । 

    यसअघि ब्रान्डन किंग ३२, काइल मायर्स १ र जोहन्सन चार्लेज शुन्यमा आउट भएका थिए ।

    नेपाली बलर करण केसी, गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।  

    नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट