शुक्रबार, श्रावण २९ गते २०८३
images
images

होप र पुरनको शतकमा नेपाललाई ३४० रनको विशाल लक्ष्य

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 335
    SHARES
  • होप र पुरनको शतकमा नेपाललाई ३४० रनको विशाल लक्ष्य

    काठमाडौँ । कप्तान शाइ होप र निकोलस पुरनको शानदार शतकमा टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३४० रनको लक्ष्य दिएको छ । 

    images

    वेस्टइण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएपछि नेपालले ३४० रनको लक्ष्य पाएको हो । 

    कुनै समय नेपालविरुद्ध खराब शुरुवात गरेको वेस्टइन्डिजलाई कप्तान साइ होप र निकोलस पुरनले २१६ रनको साझेदारी गर्दै सम्हालेका थिए ।

    images

    वेस्टइण्डिजका कप्तान शाइ होपले १३२ रन बनाए । उनले  १०७ बलमा १०१ रन पूरा गरेका हुन् यो सँगै होपले एकदिवसीय इतिहासमा १५औं शतक प्रहार गरेका छन् । उनि ४९.२ ओभरमा ललितको बलमा अउट भए ।

    No description available.

    त्यस्तै अर्का ब्याट्सम्यान पुरन ९४ बलमा ११५ रन बनाएर आउट भए । उनले त्यसअघि ८१ बलमा शतक पुरा गरेका थिए । एकदिवसीय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो । रोभम्यान पावेलले २९ रन र जेसन होल्डर १६ रनमा अविजित रहे ।

    यसअघि ब्रान्डन किंग ३२, काइल मायर्स १ र जोहन्सन चार्लेज शुन्यमा आउट भएका थिए ।

    नेपालका लागि ललित नारायण राजवंशी ३ विकेट, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । 

    दिपेन्द्रले आफ्नो सातौं ओभरको अन्तिम बलमा पुरनलाई आफ्नै हाटबाट क्याच आउट गराउँदै होप र पुरनबीचको २१६ रनको साझेदारीलाई ब्रेक गराएका थिए ।   

    यस्तै सन्दीपले १० ओभर बलिङ गर्दै ५० रन खर्चिएर एक विकेट लिए भने एक मेडन ओभर राखे । करण केसीले १० ओभरमा एक विकेट लिँदै ८१ रन खर्चिए एक एक मेडन ओभर राखे । 
     
    ललित नारायण राजवंशीले १० ओभर बलिङ गर्दै ५२ रन दिएर ३ विकेट लिए । 

    No description available.

    यसअघि नेपाल आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । 

    नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट