शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल वेस्टइण्डिजसँग १०१ रनले पराजित

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 343
    SHARES
  • नेपाल वेस्टइण्डिजसँग १०१ रनले पराजित

    जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइण्डिजले नेपाललाई पराजित गरेको छ ।  

    images

    बिहिवार भएको खेलमा वेस्टइण्डिजले नेपाललाई १०१ रनले पराजित गरेको हो । 

    वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पछाएको नेपालले ४९।४ ओभरमा अलआउट हुदै २३८ रन बनाएको थियो । 

    images

    नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने गुलशन झाले ४२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३०, आसिफ सेखले २८, दिपेन्द्र सिंह ऐरीले २३, करण केसीले २८ रन बनाएका थिए । 

    त्यसैगरी वेस्टइन्डिजका बलरजासन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेप, कीमो पाउल, अकील होसेइनले २/२ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले ५० ओभरमा ७ विकेट गुमाउदै ३३९ रन बनाएको थियो । 

    वेस्टइण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक १३२ रन बनाए भने निकोलस पुरनले ११५ रन बनाएका थिए । दुवैले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए ।

    त्यस्तै वेस्टइण्डिजका ब्राण्डन किंगले ३२, रोभमन पावेलले २९, जासन होल्डरले अविजित १६ रन बनाए । 

    त्यस्तै नेपाली बलर ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । 

    यो जितसँगै वेस्टइन्डिजले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

    अब वेस्टइन्डिजले अर्को खेल शनिबार जिम्बाबेसँग खेल्ने छ भने नेपालले शनिबार नेदरल्याण्डसको सामना गर्ने छ ।   

  • सम्बन्धित विषय:

  • # क्रिकेट