शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै

एक्सप्रेस पाना
आषाढ ८, २०८० शुक्रबार
  • 275
    SHARES
  • विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै छन् ।

    images

    आज समुह बी अन्तर्गत स्कटल्याण्ड र युएईबीच तथा ओमान र श्रीलंकाबीच खेल हुदै छ । दुवै खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुदै छन् ।

    अहिलेसम्म स्कटल्याण्डले आफ्नो पहिलो खेल जितेको छ भने युएईले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

    images

    दूई खेल हारेको युएईका लागि प्रतियोगितामा रहन यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

    त्यस्तै ओमानले यसअघि खेलेका दुई खेल जितेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ भने श्रीलंकाले पनि आफ्नो पहिलो खेल जितेको छ ।

    विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ ।

    जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

    दुवै समुहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् ।

    सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

    सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन ।

    अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।  प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।   

  • सम्बन्धित विषय:

  • # क्रिकेट