काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह बि को खेलमा श्रींलकाले ओमानलाई १० विकेटले पराजित गरेको छ ।
ओमानले दिएको ९९ रनको समान्य लक्ष्य श्रींलकाले १५ ओभरमा विना विकेटको क्षेतिमा लक्ष्य पूरा गर्यो ।
यो सँगै श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ ।
श्रीलंकाको जितमा दिमुथ करुनारत्नेले अविजित ५७ रन बनाए भने पाथुम निसाकाले अविजित ३७ रन बनाएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमान ३०.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।
ओमानका लागि अयान खानले सर्बाधिक ४१ रन बनाए भने जितेन्दर सिंहले २१ रन बनाए । त्यस्तै फयाज बटले अविजित १३ रन बनाएका थिए । ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
श्रीलंकाका बलर वानिन्दु हसरंगाले सर्बाधिक ५ विकेट लिएका थिए भने लाहिरु कुमाराले ३ विकेट लिएका थिए । त्यस्तै कसुन राजिथाले एक विकेट लिए ।
जारी क्वालिफायरमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । २ खेलमा श्रीलंकाको ४ अंक भएको छ । त्यस्तै ओमानको ३ खेलमा २ जित र्यो हारसहित ४ अंक रहेको छ ।
अब श्रीलंकाले अर्को खेल आइतबार आयरल्याण्डविरुद्ध खेल्दै छ भने ओमानले आफ्नो समुह चरणको अन्तिम खेल आइतबार नै स्कटल्याण्डविरुद्ध खेल्ने छ ।



