काठमाडौँ । जिम्बावेमा जारी आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाट यूएई बाहिरिएको छ ।
शुक्रबार सम्पन्न भएको आफ्नो तेस्रो खेलमा स्कटल्याण्डसँग १११ रनले पराजित भएसँगै युएई सुपर सिक्सको दौडबाट बाहिरिएको हो ।
स्कटल्याण्डले दिएको २८३ रनको लक्ष्य पछाएको युएईले ३५.३ ओभरमा अल आउट हुदै १७१ रन मात्र बनायो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले कप्तान रिचे बेरिन्घटनको १२७ रनको मद्दतले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो ।
उक्त जितसँगै समुह बि मा स्कटल्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो सम्भावना बलियो बनाएको छ ।
त्यस्तै युएई भने लगातार तीन हार बेहोर्दै आयरल्याण्डविरुद्धको समुह चरणको अन्तिम खेल नखेल्दै सुपर सिक्सको दौडबाट बाहिरिएको छ ।



