शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेदरल्याण्डसविरुद्ध नेपाल पहिला ब्याटिङमा

एक्सप्रेस पाना
आषाढ ९, २०८० शनिबार
  • 282
    SHARES
  • नेदरल्याण्डसविरुद्ध नेपाल पहिला ब्याटिङमा

    काठमाडौँ । जिम्बावेमा जारी आइसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत आज नेपालले नेदरल्याण्डसविरुद्ध खेल्दै छ ।

    images

    नेदरल्याण्डसविरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।  

    आजको खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । आज यसअघि वेस्टइण्डिजविरुद्ध खेलेको टिमलाई नै आज खेलाईदैछ । 

    images

    जारी विश्वकप छनोट अन्तर्गत नेपालले खेलेका ३  खेलमा एक जित र २ हार बेहोरेको छ भने नेदरल्याण्डसले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । नेपाल जिम्बाबे र वेस्टइन्डिजसँग हार बेहोरेको थियो र अमेरिकालाई पराजित गरेको थियो ।  त्यस्तै नेदरल्याण्डसले भने जिम्बाबेसँग पराजित भएको थियो भने अमेरिकालाई पराजति गरेको थियो ।

    नेपालले सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गर्न आजको खेल जित्नै पर्ने अवस्था रहेको छ । 

    नेदरल्याण्डसविरुद्ध नेपालको प्लेइङ ११ :

    रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, ललित राजबंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट