शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट : नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै बाहिरियो नेपाल

एक्सप्रेस पाना
आषाढ ९, २०८० शनिबार
  • 335
    SHARES
  • विश्वकप छनोट : नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै बाहिरियो नेपाल

    काठमाडौं । जिम्बावेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोटबाट नेपाल बाहिरिएको छ।

    images

    शनिबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। 

    नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

    images

    नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले सर्वाधिक ९० रन बनाए। उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

    विक्रमजित सिंहले ४३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए। 

    पहिलो विकेटका लागि म्याक्स र सिंहले ८६ रनको साझेदारी गरे।

    वेस्ले बारेसी ३ रनमा सर्ट थर्डमा आउट भए। यस्तै, बास् डे लिले अविजित रहँदै ३९ बलमा ६ चौकासहित ४१ रन बनाए।

    तेजा निदामानुरु २ रनमा अविजित रहे।

    नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। गुशलन झाको नाममा १ विकेट रह्यो।

    त्यसअघि स्पोर्ट्स क्लब हारारेमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनायो। 

    नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै उनी मिडविकेटमा आउट भए। ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७/२७ रन बनाए। कुशल डीप थर्ड र सन्दीप मिडविकेटमा आउट भए।

    भीम सार्की २२, गुलशन झा १५ , दीपेन्द्रसिंह ऐरी १४ र कुशल मल्ल १२ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    नेदरल्यान्ड्सका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए। बास् डे लिड र विक्रमजित सिंहले २/२ विकेट लिँदा आर्यन दत्त र क्लेटन फ्लोएडको नाममा १/१ विकेट रह्यो।

    उक्त जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ। नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बावेले पनि सुपर सिक्सको यात्रा तय गरेका छन्। यी सबै टोलीसँग ४/४ अंक रहेको छ।

    समूह ए को नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन्। नेपालले प्रतियोगितामा अमेरिकालाई मात्रै पराजित गर्न सक्यो। अमेरिका भने ३ खेलमा जितविहीन रहेको छ। उसले अन्तिम खेल जिम्बावेसँग खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट