काठमाडौँ । भारतमा जारी साफ च्याम्पियनसिपमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-१ गोल अन्तरको पुनरागमन जित निकालेको हो ।
खेलमा १७औं मिनेटमा नै गोल खाएर १-० ले पछि परेको बंगलादेशले कम्ब्याक गर्दै खेल जितेको थियो ।
बंगलादेशको जितमा राकिब होसैन, तारिक काजी र सेख मोर्सालिनले एक एक गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि हाम्जा मोहमदले एक गोल गरेका थिए ।
आफ्नो पहिलो खेल लेबनानसँग हारेको बंगलादेशले दोस्रो खेलमा जित हासिल गरेर प्रतियोगितामा कायम रहेको छ । त्यस्तै भुटानविरुद्धको पहिलो खेल जितेको माल्दिभ्सले भने दोस्रो खेलमा हार बेहोरेको छ ।
दुवैको समुह बि मा २-२ खेलमा ३/३ अंक रहेको छ । साफ च्याम्पियनसिप अन्तर्गत आजै भुटान र लेबनानबीच खेल हुदै छ ।



