शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अञ्जनले पाकिस्तानविरुद्धको अन्तिम खेल गुमाउने

एक्सप्रेस पाना
आषाढ ११, २०८० सोमबार
  • 322
    SHARES
  • अञ्जनले पाकिस्तानविरुद्धको अन्तिम खेल गुमाउने

    नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टले साफ च्याम्पियनसिप २०२३ को अन्तिम खेल गुमाउने भएका छन्। प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार पाकिस्तानसँग खेल्दै छ।

    images

    मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अञ्जन पाकिस्तानविरुद्धको खेलमा नहुने पक्का गरेका हुन्। उनका अनुसार अञ्जनलाई घुँडाको चोटको समस्या छ।  प्रतियोगिता अन्तर्गत भारतविरुद्धको खेलको क्रममा अञ्जनले चोट बोक्न पुगेका थिए। उनी पहिलो हाफको अन्त्यतिर मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरेका थिए। उक्त खेलमा नेपाल भारतसँग २-० गोलअन्तरले पराजित भयो।

    अञ्जनले सोमबार राष्ट्रिय टोलीसँग प्रशिक्षण गरेका थिएनन्। प्रारम्भिक एमआरआई रिपोर्टले उनको चोट सामान्य देखाएको एनिसले बताएका छन्। उनी छिट्टै मैदान फर्किने एनिसले शंकेत गरेका छन्। अञ्जन पूर्वखेलाडीद्वय नीराजन रायमाझी र हरि खड्काले संयुक्त रूपमा नेपाली टोलीका लागि बनाएको सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलनजिक रहेका छन्।

    images

    साफअन्तर्गत कुवेतविरुद्ध एक गोल गरेसँगै अञ्जन निराजन र हरिकोको कीर्तिमाननजिक पुगेका थिए। अञ्जनको नाममा अहिले १२ अन्तर्राष्ट्रिय गोल रहेको छ। एक समय जुमानु राई, भरत खवास र अनिल गुरुङ उक्त कीर्तिमाननजिक पुगेका थिए। तर, चोट र राष्ट्रिय टोलीमा पर्न नसक्दा उक्त कीर्तिमान यथावत् नै रहेको छ। अञ्जनलाई लामो समयपछि फिफाबाट निलम्बन फुकुवा भएसँगै अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानविरुद्ध उक्त कीर्तिमान बराबरी गर्ने या तोड्ने मौका थियो। तर, चोटका कारण खेल गुमाउने भएसँगै उक्त कीर्तिमान भेटाउन उनले प्रतीक्षा गर्नुपर्ने भएको छ।

    साविक उपविजेता रहेको नेपाल साफबाट बाहिरिसकेको छ। नेपाल पहिलो खेलमा आमन्त्रित टोली कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग २-० गोलअन्तरले पराजित भएको थियो। पाकिस्तान पनि साफबाट बाहिरिसकेको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग ४-० र दोस्रो खेलमा ४-० गोलअन्तरले नै पराजित भएको थियो। समूह ए बाट भारत र कुवेत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन्। मंगलबार नै समूह चरणको अन्तिम खेलमा उनीहरू एकअर्काविरुद्ध भिड्ने छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # अञ्जन विष्ट