शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट: अमेरिकाविरुद्ध जिम्बाबेको फराकिलो जित

एक्सप्रेस पाना
आषाढ ११, २०८० सोमबार
  • 258
    SHARES
  • विश्वकप छनोट: अमेरिकाविरुद्ध जिम्बाबेको फराकिलो जित

    काठमाडौंआइसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाबेसँग अमेरिका ३०४ रनले पराजित भएको छ ।

    images

    पाहुना टोली जिम्बाबेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा १०४ रनमा अलआउट भयो । 

    अमेरिकाका लागि अभिषेक परधकरले २४ रन बनाए । यस्तै जेसी सिंहले २१ र गजानन्द सिंहले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

    images

    जिम्बाबेका बलर रिचार्ड नगरभा र सिकन्दर राजाले २/२ विकेट लिए । रायन बर्ल, बर्ड इभान्स र लुकी जगवीले समान एक/एक विकेट लिए । 

    यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४०८ रन बनाएको थियो । 

    जिम्बाबेका लागि कप्तान सेन वीलिम्सनले १०१ बलमा १७४ रनको शतकिय पारि खेले ।

    यस्तै जोयलर्ड गुम्बेले ७८, सिकन्दर राजाले ४८, राय बर्लले ४७ र इनोसेन्ट कालाले ३२ रन बनाएका थिए । 

    अमेरिकाका बलर अभिषेक पराधकरले ३ विकेट लिए । यस्तै जे सिंहले २ तथा नोस्तुस केन्जीजले एक विकेट लिएका थिए ।

    उक्त जितसँगे जिम्बाबेले समुहका ४ खेलमा ४ जित निकाल्दै समूह ‘ए’ विजेता बनेको छ । जिम्बाबे यसअघि नै सुपर सिक्समा छनौट भइसकेको  छ ।

    अमेरिका भने आफ्ना सबै खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरीसकेको छ । 

    समुह ए बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् ।

    त्यस्तै समुह ‘बि’ बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् । त्यस्तै टेस्ट खेल्ने देश आयरल्याण्ड आफ्ना शुरुक तीन खेलमा हार बेहोरेसँगै सुपर सिक्सको दौडबाट बाहिरिएको छ भने युएई यसअघि नै तीन खेलमा हार बेहोरेर सुपर सिक्स पुग्नबाट बाहिरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट