शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध सान्तवना जितको खोजिमा नोपाल

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 311
    SHARES
  • साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध सान्तवना जितको खोजिमा नोपाल

    काठमाडौ- भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल पाकिस्तानविरुद्ध सान्तवना जितको खोजिमा भिड्दैछ।

    images

    लगातार दुईखेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलिका लागी यो खेल प्रतिस्ठाका लागी मात्रै हुनेछ।

    त्यसैले नेपाल पाकिस्तानविरुद्ध सुखद नतिजासंगै प्रतियोगिताको अनत्य गर्ने लक्ष्यमा रहेको छ।

    images

    बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

    कुवेत, भारत र पाकिस्तानसंगै समूह 'ए' मा रहेको नेपाल अंकविहिन रहेको छ। नेपालले पहिलो खेलमा कुवेतसंग ३-१ र भारतसंग २-० को पराजय व्यहोरेको हो।

    यस समूहबाट कुवेत र भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

    हेड टु हेड -

    नेपाल र पाकिस्तानले अहिलेसम्म १७ खेल खेलिसकेका छन्।

    नेपालले ५ खेल जित्दा ७ खेलमा पराजय व्यहोरेको छ। त्यस्तै बाकी ५ खेलमा दुवै टोलिले बराबरि खेलेका छन्।

    नेपाली टोली:
    गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
    डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा
    मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने  
    फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप