शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतमा हुने विश्वकपको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 331
    SHARES
  • भारतमा हुने विश्वकपको खेल तालिका सार्वजनिक

    काठमाडौं । आगामी अक्टोबरदेखि भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

    images

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले मंगलबार खेल तालिका सार्बजनिक गरेको हो ।

    अक्टोबर ५ बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा विश्वकप २०१९ को विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डबीच खेल हुनेछ । 

    images

    १० टोलीको सहभागीता रहने प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ । 

    विश्वकपको सबै भन्दा ठुलो खेलको रुपमा हेरिएको भारत र पाकिस्तानबीचको खेल भने अक्टोबर १५ मा अहमदावादमा हुने भएको छ । प्रतियोगितामा सहभागी १० देशले राउन्ड रोबिनका आधारमा ९-९ खेल खेल्छन् र शीर्ष चार सेमिफाइनलमा पुग्ने छन् ।

    विश्वकपको खेल तालिका: 

  • सम्बन्धित विषय:

  • # क्रिकेट