शुक्रबार, श्रावण २९ गते २०८३
images
images

श्रीलंकाद्वारा स्कटल्याण्डलाई २४६ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 379
    SHARES
  • श्रीलंकाद्वारा स्कटल्याण्डलाई २४६ रनको लक्ष्य

    काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत श्रीलंकाले स्कटल्याण्ड २४६ रनको लक्ष्य दिएको छ ।

    images

    वुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९।३ ओभरमा २४५ रनमा आलआउट भयो । 

    श्रीलंकाका लागि पथुम निसानकाले ७५ रन बनाए । यस्तै हरिता असलंकाले ६३ रन बनाए ।

    images

    यस्तै सदीरा समरविक्रमा २६, धनञ्जय डि सिल्भा २३, महेष थेकसनले अविजित १६ र वानिन्दु हसरंगाले १२ रन बनाए । 

    स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले ४ विकेट लिए । यस्तै मार्क वाट ३, क्रिस सोल २ र अलस्डायर इभान्सले एक विकेट लिए । 

    यो समूहमा दुबै टोलीले सबै ३ खेल जितेका छन् । आज दुबै टोली समूह विजेता बन्ने दाउमा रहेका छन् । 
     

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट