शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिप : भारतलाई बराबरीमा रोक्दै कुवेत समूह विजेता

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 343
    SHARES
  • साफ च्याम्पियनसिप : भारतलाई बराबरीमा रोक्दै कुवेत समूह विजेता

    काठमाडौं । आयोजक राष्ट्र भारतलाई बराबरीमा रोक्दै आमन्त्रित टोली कुवेत साफ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ। 

    images

    बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूहको अन्तिम खेलमा कुवेतले आयोजक भारतलाई १-१ गोलमा रोकेको हो। 

    बराबरीसँगै कुवेतले अपराजित रहँदै तीन खेलमा ७ अंक जोड्यो। यता, भारतले पनि समान खेलमा ७ अंक नै जोड्यो।

    images

    भारतका कप्तान सुनिल क्षेत्रीले शुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा उनले टोलीका लागि गोल गरेका थिए। जारी साफमा उनको यो पाँचौँ गोल हो। अन्तर्राष्ट्रियतर्फ भने उनको यो ९२औँ गोल हो।

    पहिलो हाफमा १ गोलको अग्रता लिएको भारतले दोस्रो हाफसम्म त्यसलाई कायम राख्न सकेन। दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा कुवेत खेलमा फर्किए। भारतका डिफेन्डर अन्वर अलीले आत्मघाती गोल गर्न पुगे। 

    त्यसअघि भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध झगडामा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफले रातो कार्ड पाएका थिए। 

    समूह ‘ए’ मा रहेको भारत पाकिस्तानलाई ४-० र नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो। कुवेतले नेपाललाई ३-१ र पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप