शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिपको सेमिफाइनल सेमिकरण पूरा

एक्सप्रेस पाना
आषाढ १४, २०८० बिहीबार
  • 298
    SHARES
  • साफ च्याम्पियनसिपको सेमिफाइनल सेमिकरण पूरा

    काठमाडौं । बंगलादेशले भुटननलाई पराजित गरेसँगै भारतको बैंगलरुमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनलको समिकरण पूरा भएको छ ।

    images

    बुधबार राति कान्तिरभा रंगशालामा भएको खेलमा भुटानलाई ३-१ ले हराउँदै बंगलादेश समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । 

    योसँगै सन् २००९ पछि बंगलादेश पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो । 

    images

    यसै समूहबाट लेवननले माल्दिभ्सलाई १-० ले हराउँदै समूह बीको विजेता बनेको थियो । अब सेमिफाइनलमा लेवनाने भारतको र बंगलादेशले कुवेतको सामना गर्नेछ ।

    भुटान यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको थियो भने लेवननसँगको हारपछि माल्दिभ्स पनि बाहिरिएको छ । 

    अब शनिबार हुने पहिलो सेमिफाइनल खेलमा कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच हुनेछ । समूह एबाट नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका थिए । यो समूहमा कुवेत र भारत अपराजित रहँदै ३ खेलबाट समान ७ अंक जोड्दै क्रमश विजेता र उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । 

    यता समूह बी मा लेवनानको ९ अंक, बंगलादेशको ६ अंक रह्यो । बाहिरिएको माल्दिभ्सको ३ अंक र भुटान अंक विहिन रह्यो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप