शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
आषाढ १५, २०८० शुक्रबार
  • 380
    SHARES
  • संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    असार १५, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ।

    images

    शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गर्नुभएको हो।

    कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो- हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए। तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ। त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो।

    images

    May be an image of 6 people, dais, office and text that says 'बैठक २०τ० बार आयोड गण्डकी प्रदे मुख्यमन्त्री तथा मन्ति पोखरा, नेपाल लिय'

    तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन। संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको छ। उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै ती कार्यभार पूरा गर्नेतर्फ हामी सबैले प्रयत्न गर्नुपर्दछ। सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक सङ्क्रमणको अन्त्य भइसकेकाले अब पनि सङ्क्रमणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड