शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुवेत र भारत साफको फाइनलमा

एक्सप्रेस पाना
आषाढ १७, २०८० आइतबार
  • 311
    SHARES
  • कुवेत र भारत साफको फाइनलमा

    काठमाडौं । भारत र कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

    images

    शनिबार भएको सेमिफाइनलमा कुवेतले बंगलादेशलाई तथा भारतले लेवनानलाई हराउँदै फाइनलमा गरेको हो । 

    भारतले लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्यो ।

    images

    निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । 

    ८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

    दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेतलाई सहभागी गराएर साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो । 

    कुवेतले भने बंगलादेशलाई १-० ले हराउँदै फाइनल प्रवेश गरेको हो । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।
     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप