शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नरेनको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 255
    SHARES
  • नरेनको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

    काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टिम मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।

    images

    टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३५ ओभरको खेलमा ८ विकेट गुमाउदै २५२ रन बनाएको हो ।

    नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको शतकीय पारी खेलेका थिए । नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएका थिए ।

    images

    त्यस्तै निरज कुमार यादवले ४७ रन बनाए भने सन्तोष यादवले २६, सुर्यान्शु कोइरालाले १८, अशोक धामीले ११ रन बनाएका थिए ।

    यता घरेलु टोली मलेसियाका बलरमुहमद आक्रमले सर्वाधिक ३ विकेट लिए भने हैक्व्ल, अरीन अकील र मुहमद फथुल मुइनले एक एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट