शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र आयरल्यान्ड भिड्दै

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 252
    SHARES
  • नेपाल र आयरल्यान्ड भिड्दै

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत प्लेअफको फाइनलमा आज नेपालले आयरल्यान्डसँग खेल्दै छ ।

    images

    खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा अपराहन्न १२:४५ बजेदेखि शुरु हुदै छ ।

    यस खेलको विजेताले सातौं स्थान हात पार्नेछन भने पराजित हुने देश विश्वकप छनोटको आठौ स्थानमा रहनेछ ।

    images

    नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई हराउँदै फाइनलमा पुगेको हो भने आयरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई हराउँदै फाइनलमा पुगेको हो ।

    नेपालले आफ्नो एकदिवसीय इतिहासमा तेस्रो पटक टेस्ट राष्ट्रसँग खेल्दैछ । 

    नेपालले यसअघि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजसँग यसै छनोटमा खेलेको थियो ।

    नेपाल र आयरल्यान्डबीच तीन टी- २० खेल भएपनि एकदिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

    यसअघि छनोटमा नेपाल समुह बाट सुपर सिक्समा जान असफल भएको थियो भने आयरल्याण्ड समुह बि बाट सुपर सिक्सबाट पुग्न असफल भएको थियो ।

    तस्बिर: क्यान

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट