काठमाडौँ । १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२३ को फाइनलमा आज भारत र कुवेतबीच भिडन्त हुदैछ ।
फाइनल खेल आज राति ७:४५ बजेदेखि बैंग्लोरस्थित कान्तिरभा रंगशालामा शुरु हुदैछ ।
आमन्त्रित टोली कुवेतले सेमिफाइनलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेर फाइनलमा पुगेको हो भने घरेलु टोली भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।
यस प्रतियोगिताको उपाधि भारतले सर्वाधिक ८ पटक जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ ।
भारत चार पटक उपविजेता बनेको छ भने एक पटक तेस्रो भएको थियो । यता कुवेत भने पहिलो पटक साफमा आमन्त्रित टिमको रुपमा भाग लिएको हो ।
यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिएका थिए । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेलेन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको थिए । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका थिए ।



