शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मलेसियालाई हराउँदै नेपाल इष्ट जोन च्याम्पियन

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 300
    SHARES
  • मलेसियालाई हराउँदै नेपाल इष्ट जोन च्याम्पियन

    काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । 

    images

    केही समय अघि सम्पन्न फाइनलमा नेपालले घरेलु टिम मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    नेपालले दिएको २५३ रनको लक्ष्य पक्षाएको मलेसिया १४.४ ओभरमा सबै विकेट गुमाएर ३१ रन मात्रै बनाउन सक्यो । 

    images

    यता पाहुना टोली नेपालका लागि अभिषेक तिवारीले एक्लैले ५ विकेट लिए भने सन्तोष यादवले ३ तथा सागर गैरे र स्शोक धामीले एक विकेट लिएका थिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३५ ओभरको खेलमा ८ विकेट गुमाउदै २५२ रन बनाएको थियो ।

    नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको शतकीय पारी खेलेका थिए । नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएका थिए ।

    त्यस्तै निरज कुमार यादवले ४७ रन बनाए भने सन्तोष यादवले २६, सुर्यान्शु कोइरालाले १८, अशोक धामीले ११ रन बनाएका थिए ।

    यता घरेलु टोली मलेसियाका बलरमुहमद आक्रमले सर्वाधिक ३ विकेट लिए भने हैक्व्ल, अरीन अकील र मुहमद फथुल मुइनले एक एक विकेट लिए ।

    नेपाल यस प्रतियोगिताको उपाधि जितेर ह्याट्रिक गरेको छ । नेपालले यसअघि सन् २०१७ र २०१९ मा सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुर र मलेसियालाई हराएर यो उपाधि जितेको थियो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट