शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आयरल्यान्डविरुद्ध नेपाल पहिले ब्याटिङमा 

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 274
    SHARES
  • आयरल्यान्डविरुद्ध नेपाल पहिले ब्याटिङमा 

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत प्लेअफको फाइनलमा आज नेपालले आयरल्यान्डविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

    images

    जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।

    यस खेलको विजेताले सातौं स्थान हात पार्नेछन भने पराजित हुने देश विश्वकप छनोटको आठौ स्थानमा रहनेछ ।

    images

    नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई हराउँदै फाइनलमा पुगेको हो भने आयरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई हराउँदै फाइनलमा पुगेको हो ।

    नेपालले आफ्नो एकदिवसीय इतिहासमा तेस्रो पटक टेस्ट राष्ट्रसँग खेल्दैछ । 

    नेपालले यसअघि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजसँग यसै छनोटमा खेलेको थियो ।

    नेपाल र आयरल्यान्डबीच तीन टी-२० खेल भएपनि एकदिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

    यसअघि छनोटमा नेपाल समुह बाट सुपर सिक्समा जान असफल भएको थियो भने आयरल्याण्ड समुह बि बाट सुपर सिक्सबाट पुग्न असफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट