शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गुल्सन झाको शानदर ब्याटिङमा आयरल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 399
    SHARES
  • गुल्सन झाको शानदर ब्याटिङमा आयरल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

    काठमाडौं । गुल्सन झाको ५७ रन प्ररित नेपालले आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत प्लेअफको खेलमा टेस्ट राष्ट्र आयरल्यान्डलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गरमाएर २६८ रन बनायो ।

    नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे ।

    images

    ओपनर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । 

    कुशल मल्ल ४४ रन, कप्तान रोहित कुमार पौडेल २९ रन, भिम सार्की २० रन र सन्दीप लामिछानेले ३२ रनको अक्रमकीय पारी खेले । उनले ३० बलमा ३ चौकबा र १ छक्का प्रहार गरेका थिए । 

    कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ले ७ रनमा आउट भए । 

    यता आयरल्यान्डको लागि क्रेग यंग, मार्क एडेयर र ब्यारी म्याकार्थीले समान २/२ विकेट लिए भने कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्ड्रयू म्याकब्राइनले समान १/१ विकेट लिए । 

    नेपालले ८.१ ओभरमा कुशल भुर्तेले पहिलो विकेटको रुपमा गुमाएको थियो । उनि क्रेग यंगको बलिङमा विकेट किपर लोर्कन टकरको हातबाट क्याच आउट भएका थिए ।

    गुलशन र सन्दीपको कीर्तिमानी ब्याटिङ
    आठौं विकेटका लागि सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । 

    यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।

    गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे ।

    सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट