शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल आयरल्यान्डसँग पराजित

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 271
    SHARES
  • नेपाल आयरल्यान्डसँग पराजित

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । 

    images

    मंगलबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो।

    आयरल्यान्डसँग पराजित भएसँगै १० टोली सम्मेलित प्रतियोगिता नेपालले आठौँ स्थानमा रहेर समाप्त गरेको छ।

    images

    नेपालले प्रतियोगिताको समूह चरणमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, प्लेअफमा यूएईलाई ३ विकेटले पराजित गर्‍यो। 

    नेपाल समूह चरणमा जिम्बावेसँग ८ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भयो। दुई पटक एक दिवसीय विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग भने १०१ रनको फराकिलो हार बेहोर्‍यो।

    मंगलाबार नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल बाँकी छदै ८ विकेट गुमाएर पूरा गर्‍यो।

    आयरल्यान्डका ह्यारी ट्याक्टरले सर्वाधिक ६० रन बनाए। उनले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कर्टिस काम्पर ६२, जर्ज डकरेल ३३, लोर्कन टकर २४, मार्क एडेयर १८, एन्डी म्याकब्राइन १७ र  पल स्टर्लिंग १५ रनमा आउट भए। गारेथ डेलानी १६ र ब्यारी म्याकार्थी ४ रनमा अविजित रहे।

    नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। किशोर महतोले २ विकेट लिँदा गुलशन झा र सन्दीप लामिछानेको नाममा १/१ विकेट रह्यो।

    त्यसअघि ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो। 

    नेपालका गुलशन झाले सर्वाधिक ५७ रन बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, ओपनर अर्जुन साउद ४८, कुशल मल्ल ४४, सन्दीप लामिछाने ३२, रोहितकुमार पौडेल २९ र भीम सार्की २० रनमा आउट भए। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

    आयरल्यान्डका मार्क एडेयर, ब्यारी म्याकार्थी र क्रेग योङ्ले २/२ विकेट लिए। कर्टिस काम्पर, गारेथ डेलानी र एन्डी म्याकब्राइनको नाममा १/१ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट