शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतले जित्यो नौंव पटक साफको उपाधि

एक्सप्रेस पाना
आषाढ २०, २०८० बुधबार
  • 262
    SHARES
  • भारतले जित्यो नौंव पटक साफको उपाधि

    काठमाडौँ । भारतले १४औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

    images

    मंगलबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा भारतले कुवेतलाई सडेनडेथमा पराजित गरेको हो । पेनाल्टी सुटआउट ४-४ गोल भएपछि सडेनडेथमा भारतले गोल गरेको थियो भने कुवेतले गोल गर्न सकेन ।

    निर्धारित ९० मिनेटको खेमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल ३० मिनेटको अतिरिक्त मिनेट खेलाइएको थियो । 

    images

    ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । 

    फाइनल खेलको पहिलो हाफमा भारत र कुवेत १-१ गोलको बराबरीमा रोकिएका थिए ।

    खेलको १४औं मिनेटमा कुवेतका शाबिब अल खाल्दीले शुरुवाती गोल गरेका थिए भने खेलको ३८औँ मिनेटमा भारतका लागि लाल्लियानजुआलाले गोल गर्दै खेलमा फर्काएका थिए ।

    योसँगै भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ । त्यस्तै माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ । भारत चार पटक उपविजेता बनेको छ भने एक पटक तेस्रो भएको थियो ।

     कुवेत भने पहिलो पटक साफमा आमन्त्रित टिमको रुपमा भाग लिएको हो ।

    यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिएका थिए । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेलेन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको थिए । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप