शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

एक्सप्रेस पाना
आषाढ २०, २०८० बुधबार
  • 273
    SHARES
  • साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

    काठमाडौँ । भारतमा सम्पन्न १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।

    images

    मंगलबार साफ च्याम्पियनसिपको समापन समारोहमा नेपालका रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड लिएका थिए ।

    नेपाल साफ च्याम्पियनसिप प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो ।

    images

    प्रतियोगितामा नेपला कुवेत र भारतसँग पराजित भएको थियो भने पाकिस्तानलाई पराजित गरेको थियो ।

    नेपाल पहिलो खेलमा कुवेतसँग ३-१, दोस्रो खेलमा भारतसँग २-० र तेस्रो खेलमा पाकस्तिानलाई १-० गोलले पराजित गरेको थियो । 

    यस्तै साफको उपाधि भने भारतले जितेको छ । मंगलबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा भारतले कुवेतलाई सडेनडेथमा पराजित गरेको हो । पेनाल्टी सुटआउट ४(४ गोल भएपछि सडेनडेथमा भारतले गोल गरेको थियो भने कुवेतले गोल गर्न सकेन ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप