शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कप्तान एन्जिलासहित एपीएफका ११ खेलाडी प्रशिक्षणमा

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 250
    SHARES
  • कप्तान एन्जिलासहित एपीएफका ११ खेलाडी प्रशिक्षणमा

    एपीएफका महिला खेलाडी प्रशिक्षणमा फर्किएका छन्।

    images

    यसअघि एपीएफले एसियाली खेलकुदको तयारीमा रहेका ११ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले डाकेको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो।

    असोजबाट शुरू हुने १९औँ एशियन गेम्सको तयारीका लागि नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ।

    images

    महिला टोलीको प्रशिक्षण गत आइतबारदेखि हुने भनिएको थियो। तर, गत जेठ २७ गते सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको थ्री स्टार क्लबले आफ्नो अन्तिम खेलमा जावलाखेलसँग खेल मिलेमतो गरेको तथा गैरकानुनी रुपमा दुई विदेशी खेलाडीलाई मैदान प्रवेश गराएको भन्दै एपीएफले एन्फामा उजुरी हालेको थियो। 

    एन्फाले उक्त उजुरीउपर कुनै पनि जवाफ नदिएपछि एपौएफले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियोे। जसका कारण पछिल्लो चार दिन महिला टोलीको प्रशिक्षण रद्द भएको थियोे।

    तर, बिहीबार दिउँसो खेलाडीहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित भएका थिए। मुख्य प्रशिक्षक अनन्तराज थापाका अनुसार बिहीबार सामान्य प्रशिक्षण गराइएको छ। उनले गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली छनोट गरिसकेका छन्। ‘आजबाट प्रशिक्षण शुरू गरेका छौँ। सबै खेलाडीको सहभागीता रहेको छ,’ उनले भने।

  • सम्बन्धित विषय:

  • # फुटबल