बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार गोलरक्षक एन्जिला तुम्बापो सुब्वाको कप्तानीमा टोलीको घोषणा गरेका हुन्। बंगलादेशले नेपालसँग जुलाई १३ र १६ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
अन्तिम टोली:
गोलरक्षक: ईन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइबा
मिडफिल्डरः रेणुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही
फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल



