काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा अन्तर्गत आज ५ खेल सम्पन्न भएको छ ।
आज भएको दिनको पहिलो खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित हात पारेको छ । आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा हराउँदै लिगमा शीर्ष स्थान कायम राखेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो सेटमा हात पारेको हो ।
दिनको दोस्रो खेल अन्तर्गत पुरुषतर्फ नेपाल एपिएफ क्लब गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित भएको हो । एपिएफ २१-२५, २५-२१, २५-२३ र २५-१७ ले विजयी भएको हो ।
यस्तै दिनको तेस्रो अन्तर्गत महिलातर्फ विभागीय डर्वीमा नेपाल एपिएफ क्लबले प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
लगातार सुरुवाती दुई सेट गुमाएको आर्मीले शानदार कमब्याक गर्दै त्यसपछिका दुई सेट जितेर पाचौ सेटमा पुर्याए पनि अन्तिममा राम्रो प्रदर्शन गर्न नसक्दा पराजीत हुन पुग्यो ।
एपिएफले आर्मीलाई ३-२ को सेटमा पराजीत गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा एपिएफले आर्मीलाई एक्स्ट्रा सेटमा २८-३० ले पराजीत गरेको थियो ।
त्यसपछि दोस्रो सेटमा हावी बनेको एपिएफले आर्मीलाई २५-२३ ले जितेको थियो ।
तेस्रो सेटमा सुरुवाती १२-४ को स्थीतिमा रहेको एपिएफले त्यसलाई जोगाउन नसक्दा २०-२५ अंकले खेल गुमाउदै ३-० को सेट जित्ने मौका गुमाउन पुग्यो ।
चौथो सेटमा आर्मीले कमब्याक गर्दै एपिएफविरुद्ध २५-१९ को सेटमा जित निकाल्दै २-२ को अवस्थामा पुर्यायो ।
अन्तिम सेटमा एपिएफले राम्रो प्रदर्शन गर्दै ९१५-६० ले खेल आफ्नो पक्षमा पार्यो। यो जितसंगै एपिएफले दुईअंक जोड्दा आर्मीले एकअंकमा चित्त बुझाएको छ ।
यस्तै चौथो खेलमा अन्तर्गत महिलातर्फ आफ्नो पहिलो खेलमा न्यू डायमण्डले गण्डकीमाथि २५-१७, २५-१६ र २५-१५ को जित हात पारेको हो ।
आजै भएको पाँचौं खेलमा नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
पुलिसले आइतबार एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
पुलिसले एभरेष्टमाथि २५-१७, २५-२२ र २५-६ को सोझो सेटमा जित हात पारेको हो ।



