शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका च्याम्पियन

एक्सप्रेस पाना
आषाढ २५, २०८० सोमबार
  • 239
    SHARES
  • नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका च्याम्पियन

    काठमाडौं । श्रीलंका आईसीसी क्रिकेट विश्वकप छनोटको च्याम्पिएन बनेको छ । 

    images

    नेदरल्याण्डसलाई १२८ रनले हराउँदै श्रीलंकाले विश्वकप छनोटको उपाधि जिेतको हो । 

    श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस २३.३ ओभरमा १०५ रनमा आलआउट भयो । नेदरल्याण्डसका लागि म्याक्स ओ डुडले सर्वाधिक ३३ रन बनाए ।

    images

    यस्तै लोगान भेन वीक अविजित २० र विक्रमजित सिंहले १३ बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । 

    नदरल्याण्डसलाई सस्तैमा समेट्न श्रीलंकाका लागि बलर महेश थेकसनालले ४ विकेट लिए । यस्तै दिलशान मदुशंकाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । 

    यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा २३३ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि सहन अर्चीले ५७ रन बनाए । 

    यस्तै कुशल मेन्डीस ४३, हरिता असलंका ३६, वानिन्दु हसरंगा २९, पथुम निसानका २३ र सदीरा समरविक्रमाले १९ रन बनाए । 

    नेदरल्याण्डसका लागि लोगान भ्यान बेक, रायन क्लेन, विक्रमजीत सिंह र साकिब जुल्फिकारले समान २/२ विकेट लिए । आयन दत्तले एक विकेट लिए । 

    दुबै टिम शीर्ष दुईमा रहँदै आगामी अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएइसकेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # क्रिकेट