शुक्रबार, श्रावण २९ गते २०८३
images
images

किंग्स कप भलिबल साउन तेस्रो साता

एक्सप्रेस पाना
आषाढ २६, २०८० मंगलबार
  • 368
    SHARES
  • किंग्स कप भलिबल साउन तेस्रो साता

    काठमाडौं । दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता साउन २३ बाट सुरु हुने भएको छ ।

    images

    किंग्स क्लब काठमाडौंको आयोजनामा हुने प्रतियोगिता साउन २७ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा विभागीय सहितका अन्य टोलीको सहभागीता रहने आयोजकले बताएको छ । 

    यस प्रतियोगितामा पछिल्लो पटक किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीले भने भाग लिन पाउँने छैनन् । किर्गिस्तानमा भएको प्रतियोगितामा सहभागी राष्ट्रिय पुरुष टोलीका १२ सदस्यहरुले भने प्रतियोगितामा सहभागीता जनाउन पाउँने छैनन् । 

    images

    प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ । 

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ । 

    प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # भलिबल