आसन्न १९औँ एशियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ।
दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्सीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो। नेपालले बंगलादेशको ढाकामा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ।
नेपालले पहिलो मैत्रीपूर्ण खेल बिहिबार र दोस्रो खेल आइतबार खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए।
नेपाल र बंगलादेशबीच अहिलेसम्म ९ खेल भएको छ। तीमध्ये ८ खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। नेपाल र बंगलादेश पछिल्लोपटक गत वर्ष काठमाडौँमा सम्पन्न भएको साफ महिला च्याम्पियनसिपमा भिडेका थिए।
उपाधि भिड्न्तमा नेपाल बंगलादेशसँग ३-१ गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो। तीन दिनको प्रशिक्षणपछि बंगलादेश उडेको नेपाली टोली यसपटक त्यो हारको बदला लिने लक्ष्यमा छ।
महिला फुटबल टोली
गोलकिपर: एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा
मिडफिल्डर: रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक: अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)



