शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नगरप्रमुख हमालद्वारा यू–१६ विजेता खेलाडीहरु सम्मानित

एक्सप्रेस पाना
आषाढ २६, २०८० मंगलबार
  • 331
    SHARES
  • नगरप्रमुख हमालद्वारा यू–१६ विजेता खेलाडीहरु सम्मानित

    धनगढी, २६ असार । अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्मान गरेका छन् ।

    images

    धनगढी क्रिकेट एकेडेमीमा आयोजिक एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई सोमबार एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् । 

    घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो । उक्त उपाधि जित्दा धनगढी क्रिकेट एकेडेमीकै नरेन भट्टले फाइनलमा शतक प्रहार गर्नुभएको थियो । 

    images

    यस्तै विकेटकिपर ब्याट्सम्यान आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका हुन् । एकेडेमीले सम्मान गर्दै उनीहरुलाई निशुल्क प्रशिक्षण गराउने समेत घोषणा गरेको छ । 

    तीनजनै खेलाडीलाई सम्मान गर्दै मेयर हमालले खेलाडीहरुलाई बधाईं दिदैँ ग्रासरुटको विकासमा धनगढी उपमहानगरपालिकाले लगानी गर्ने बताए । 

    ‘यहाँ प्रतियोगितामा पैसा खन्याउँने, पैसा माग्ने गलत संस्कृति विकास भएको छ । तर हामीले नर्सरीमा लगानी गर्नुपर्ने हो,’ हमालले भने, ‘प्रतियोगिता आयोजना सरकारले गर्ला तर धनगढीले खेलाडी उत्पादनमा जोड दिन्छ । ग्रासरुट लेभलको विकासमा हामी लगानी गर्छौ ।’

    उनले एकेडेमीका अध्यक्ष सुवास शाहीले धनगढीलाई  सिटी अफ क्रिकेट बनाउँने परिकल्पनालाई गरेको र त्यसलाई निती तथा कार्यक्रममा समेटेको पनि बताए । 

    एकेडेमीका व्यवस्थापक श्यामुअल न्यौपानेले सम्मानित तीनजनै खेलाडीहरुलाई बधाईं दिदैँ उनीहरुको निशुल्क रुपमा एकेडेमीमा वर्षभरि प्रशिक्षणको व्यवस्था मिलाईएको बताए ।

    ‘हाम्रो एकेडेमीका उत्पादनहरुले अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट प्रदर्शन गर्दै त्यसकै लागि ट्रफी भित्र्याउनु हाम्रा लागि ठूलो गर्वको कुरो हो,’ न्यौपानेले भने, ‘उहाँहरुको मिहिनेतको सम्मान गर्दै आगामी खेलकुद जीवन अगाडि बढाउँन सहज होस भन्ने उद्देश्यले हामीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण गराउँने भएका छौं ।’

  • सम्बन्धित विषय:

  • # क्रिकेट