सोमबार, कार्तिक १७ गते २०८३
images
images

आजको मौसम : कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
आषाढ २८, २०८० बिहीबार
  • 288
    SHARES
  • आजको मौसम :  कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    images

    आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी र  गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

    मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम