शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र बंगलादेश भिड्दै

एक्सप्रेस पाना
आषाढ २८, २०८० बिहीबार
  • 281
    SHARES
  • नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपुर्ण खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। 

    images

    यो खेल, ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ। 

    नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ। 

    images

    यस्तै खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले भोलिको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। 

    नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए। गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पुरै समय मैदानमा बिताउन पाएकी थिईनन्। 

    यस्तै चोटपछि नेपाली टोलीकी अर्की महत्वपुर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन्। गीता भारतसँगको दुई मैत्रीपुर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिईन्। यस्तै प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन्। 

    यद्यपी आजको खेलमा प्रितीले सुरुवाती ११ मै स्थान बनाउने सम्भवना उच्च रहेपनि प्रिती बेनचमा रहनुपर्ने हुनसक्छ। घुँडाको उपचारपछि पुनरागमन गरेकी गिता अस्वथ्य रहेका कारण टोली बाहिर रहने सम्भावना छ। 

    टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफुहरुले कमजोर रुपमा नहेरेको बताईन्। उनले भनिन्, पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अहिले हामीसँग साम्बा पनि छ त्यसैले हामीले राम्रो खेल्नेछौँ। 

    नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन्। साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। 

    साफ जित्ने टोलीबाट बंगालदेशको टोलीमा मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए। यस्तै साफ जित्ने टोलीबाट स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन्। 

    बंगालदेशका मुख्य प्रशिक्षक बंगलादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले भने, साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपनि बलियो टोली हो। यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौ। हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौ। अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ। 

    टोलीकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफुहरुको टोलीमा धेरै फरक रहेको सुनाईन्। उनले भनिन्, साफ पछि हामीले ८ महिना खेल्न पाएका छैनौ। नेपालले खेलिरहेको छ। हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौँ। 

    नेपालले दोस्रो मैत्रीपुर्ण खेल आइतबार खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल