शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपिएफसँग न्यु डायमन्ड पराजित

एक्सप्रेस पाना
आषाढ २८, २०८० बिहीबार
  • 346
    SHARES
  • एपिएफसँग न्यु डायमन्ड पराजित

    काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विभागिय टोली एपिएफ क्लबसँग पराजित भएको छ । 

    images

    बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा न्यू डायमन्ड एपिएफ क्लबसँग ०३ को सोझो सेटमा पराजित गरेको हो ।

    न्यु डायमन्डले पहिलो सेट १९-२५ ले गुमाएको थियो भने, दोस्रो सेट १८-२५ र तेस्रो सेट १२-२५ ले गुमाएको थियो । 

    images

    यो हारसँगै न्यु डायमन्डको फाइनल प्रवेशको सम्भावना कमजोर बनेको छ ।

    यता विजयी एपिएफ यस प्रतियोगिताको फाइनलमा प्रवेशको सम्भावना कायम रहेको छ । 

    पाँचौं खेलमा एपिएफको यो चौथो जित हो । डायमन्ड भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।

    बुधबार एपीएफलाई पराजित गरि नेपाल पुलिस क्लबले एक खेल अगावै फाइनलमा स्थान बनाई सकेको छ ।

  • सम्बन्धित विषय:

  • # पिएम कप भलिबल