शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सावित्राको गोलमा नेपाल हारबाट जोगियो

एक्सप्रेस पाना
आषाढ २८, २०८० बिहीबार
  • 530
    SHARES
  • सावित्राको गोलमा नेपाल हारबाट जोगियो

    काठमाडौं । इन्जुरी समयमा फरर्वाड सावित्रा भण्डारीले  गोल गर्दै बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई हारबाट जोगाएकी छिन्।

    images

    ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा बिहीबार सम्पन्न खेलमा अग्रता नेपालले घरेलु टोलीलाई १-१ गोलको बराबरीमा रोकेको हो। 

    पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएको थियो।

    images

    खेलको ६५औँ मिनेटमा सबिना खातुनको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो। तर, इन्जुरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।

    अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल