शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तान ए विरुद्ध नेपालले टस जित्यो

एक्सप्रेस पाना
आषाढ २९, २०८० शुक्रबार
  • 193
    SHARES
  • पाकिस्तान ए विरुद्ध नेपालले टस जित्यो

    काठमाडौं । एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आज पाकिस्तान ए टिमको सामना गर्दै छ । 

    images

    आजको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

    इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन् ।

    images

    इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् ।

    प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट