शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसीसी इमर्जिङ कप : नेपाल पाकिस्तान ए सँग पराजित

एक्सप्रेस पाना
आषाढ २९, २०८० शुक्रबार
  • 308
    SHARES
  • एसीसी इमर्जिङ कप : नेपाल पाकिस्तान ए सँग पराजित

    काठमाडौं । एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

    images

    शुक्रबार श्रीलंकामा भएको नेपाल पाकिस्तान ए सँग ४ विकेटको पराजित भएको हो ।

    नेपालले दिएको १८० रनको लक्ष्य पछाएको पाकिस्तान ए ले ३२.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images

    यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।

    नेपालको शिर्ष ब्याटिंग क्रम फेल भएको अवस्थामा ब्याटिंग गर्न आएका सोमपाल कामीले शानदार ब्याटिंग गरेका थिए । सोमपालले ७५ रनको पारी खेलेका थिए । 

    सोमपालले प्रतिष जिसीसँग नवौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए भने दशौँ विकेटका लागि ललित राजबंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।  

    नेपालका कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भिम सार्की ०, अर्जुन साउद १७, कुशल मल्ल १७, पवन सराफ १, गुलशन झाले १३, प्रतिष जिसीले २६ र ललित राजबंशीले अविजित १ रन बनाएका थिए ।

    त्यसैगरी पाकिस्तानका बलर शहनवाज दहानीले ५ विकेट लिए भने मुहमद वासिमले ४ विकेट तथा मुबसिर खानले एक विकेट लिएका थिए ।

    नेपालले अब दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट