काठमाडौं । गत शुक्रबार बाट सुरु भएको यू-१६ लिग फुटबल प्रतियोगिताको पहिलो चरणका ५ खेल सम्पन्न भएको छ ।
नेपालि घरेलु फुटबल इतिहासमै पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको यस प्रतियोगिता ३ विभागिय टिमसहित ए डिभिजन लिगका १० क्लब रहेका छन् ।
गत शुक्रबार एन्फा मुख्यालय सातदोबाटोमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लब यू-१६ ले मनाङ मर्स्याङदी यू-१६ क्लबलाई २-१ गोलले पराजित गरेको थियो ।
यस्तै शनिबार एन्फा मुख्यालय सातदोबाटोमा भएका खेलमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गरेको छ ।
शनिबार च्यासल रंगशालामा भएको पहिलो खेलमा एपिएफ क्लबले संकटा क्लबलाई २-१ गोलले पराजित गरेको थियो । खेलमा १-० गोलले पछि परोको अबस्थामा एपिएफले २-१ गोलको पूनरागम जित निकालेको हो ।
च्यासल रंगशालामै शनिबार भएको दोस्रो खेलमा एफसी खुमलटारलाई मछिन्द्र क्ललबे १-६ गोलले पराजित गरेको थियो भने पहिलो चरणको अन्तिम खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई न्युरो टिम एनआरटीले १-५ गोलको फराकिलो अन्तरले पराजित गर्दै एनआनरटीले शानदार सुरुवात गरेको छ । यो खेल सल्लाघारी भक्तपुरमा भएको थियो ।
अब दोस्रो चरणका खेलहरु आगामी बिहिबार बाट सुरु हुने छन् । बिहिबार एक खेल र शुक्रबार ४ खेल हुनेछ ।
अंक तालिका




