शनिबार, आश्विन २४ गते २०८३
images

बंगलादेशविरुद्ध दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल विजयी

एक्सप्रेस पाना
आषाढ ३१, २०८० आइतबार
  • 307
    SHARES
  • बंगलादेशविरुद्ध दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल विजयी

    काठमाडौं । दोस्रो मैत्रीपुर्ण खेलमा घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको छ। 

    images

    ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।  

    टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो। 

    images

    यता घरेलु टोली बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्।

  • सम्बन्धित विषय:

  • # फुटबल