शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू-१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने, प्रतियोगिता असोज ४ देखि सुरु हुने

एक्सप्रेस पाना
श्रावण १, २०८० सोमबार
  • 335
    SHARES
  • साफ यू-१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने, प्रतियोगिता असोज ४ देखि सुरु हुने

    काठमाडौ । नेपालले आगामी संस्करणको साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले नेपालले साफ आयोजना गर्ने जानकारी दिएका हुन्। 

    उनका अनुसार प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म हुने छ। यसअघि यो प्रतियोगिता साफ यू-२० को नामबाट आयोजना भएको थियो। 

    images

    गत संस्करण भारतमा भएको उक्त प्रतियोगिताको फाइनलमा घरेलु टोलीले बंगलादेशलाई पेनाल्टी सुटआउटका ५-२ गोलअन्तरले हराउँदै दोस्रोपटक उपाधि जितेको थियो। 

    सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपाल तेस्रो भएको थियो। नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो।

    यस्तै, बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियो। तर, भारतसँग भने ८-० को फराकिलो हार बेहोरेको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल