शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा यू-१६ लिग : संकटा र चर्च ब्वाइज भिड्दै

एक्सप्रेस पाना
श्रावण ४, २०८० बिहीबार
  • 342
    SHARES
  • एन्फा यू-१६ लिग : संकटा र चर्च ब्वाइज भिड्दै

    काठमाडौं । गत शुक्रबारबाट सुरु भएको एन्फा यू-१६ लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार दोस्रो चरणको खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईडेट खेल्दैछन् । 

    images

    एन्फा मुख्यालय सातदोबाटोमा हुने यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

    आजको खेलमा दुबै टोली एकअर्कामाथि जित निकाल्दै पहिलो जित निकाल्ने योजनमा रहेका छन् । 

    images

    संकटा पहिलो खेलमा विभागिय टोली एपिएफ क्लबसाग १-२ गोल अन्तरले पराजित भएको थियो । 

    यता, चर्च ब्वाइज भने आफ्नो पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २-० गोलले पराजित भएको थियो । 

    यस्तै शनिबार ४ खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा मनाङ मर्याङदी क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । यो खेल च्यासल मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । 

    दोस्रो खेलमा विभागिय ड्रबीमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब एन्फा मुख्यालयमा दिउँसो २ बजे भिड्नेछन् । 

    तेस्रो खेलमा त्रिभिुवन अर्मी क्लले फ्रेन्ड्स क्लबसँग सल्लाघारी भक्तपुरमा दिउँसो १४ बजे खेल्नेछ । 

    यस्तै दोस्रो चरणको अन्तिम खेलमा एफी खुमलटारले न्यूरो टिम (एनआरटी) सँग खेल्नेछ । यो खेल च्यासल रंगशालामा दिउँसो ४ बजेबाट सुरु हुनेछ र

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एन्फा यू-१६ लिग