शनिबार, आश्विन २४ गते २०८३
images

महिला विश्वकप : आयोजक न्यूजिल्यान्डको विजयी शुरूआत

एक्सप्रेस पाना
श्रावण ४, २०८० बिहीबार
  • 315
    SHARES
  • महिला विश्वकप : आयोजक न्यूजिल्यान्डको विजयी शुरूआत

    आयोजक न्यूजिल्यान्डले फिफा महिला विश्वकपमा विजयी शुरूआत गरेको छ।

    images

    घरेलु मैदान अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार सम्पन्न उद्घाटन खेलमा न्यूजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको हो। न्यूजिल्यान्डको जितमा हन्ना विलिकिन्सनले निर्णायक गोल गरिन्।

    उनले खेलको ४८औँ मिनेटमा गोल गरेकी थिइन्। यस्तै, ९०औँ मिनेटमा न्यूजिल्यान्डले पेनाल्टी पाएको थियो। तर, रिया पर्सिवलको प्रहार बारमा लागेर फर्कियो।

    images

    जितसँगै समूह ‘ए’को न्यूजिल्यान्डले तीन अंक जोडेको छ। यता, नर्वेले हारबाट प्रतियोगिताको शुरुआत गरेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल